
काठमाडौं, जेठ ८ । लमजुङ चिति सेवा समाजले चिति गाविस–३ की मिर्गौलापीडित १६ वर्षीया सरिता परियारलाई नगदसहित सहयोग गरेको छ ।
विगत तीन वर्षदेखि मिर्गौलाको समस्या खेपिरहेकी परियारलाई समाजले २८ हजार पाँच सय रुपैयाँ सहयोग गरेको हो ।
आफ्नै आमाको मद्दतले मिर्गौला प्रत्यारोपण भएकी परियारले यही रोगकै कारण गत वर्ष एसएलसी परीक्षामा सहभागिता जनाउन पाएकी थिइनन् ।
चिति समाजका अध्यक्ष बच्चु पाण्डेले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पीडित परियारलाई नगद हस्तान्तरण गरे ।
सरकारले हालैमात्र मिर्गौला पीडितलाई निःशुल्क डायलासिस व्यवस्था गर्ने जनाएपनि प्रत्यारोपण र अन्य उपचारबारे भने मौन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्