
नवलपरासी, जेठ ८ । सरकारले विशेष कार्यक्रमको आयोजना गरी लुम्बिनीमा २५६०औं बुद्धजयन्ती मनाइरहँदा नवलपरासीमा अवस्थित बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुप भने ओझेलमा परेको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले स्तुपको अवलोकन गरेपछि रामग्रामबासीले सरकारीस्तरबाट कार्यक्रम हुने आशा राखेका थिए ।
तर, सरकारीस्तरबाट कुनैपनि कार्यक्रम नराखेपछि स्थानीयबासीले नागरिक समाजका अध्यक्ष शम्भु उपाध्यायको संयोजकत्वमा बुद्धजयन्ती मुल समारोह समिति गठन गरेर शनिबार बुद्धजयन्ती मनाए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अन्य सरकारी कार्यालयका प्रमुखहरुलाइ निमन्त्रणा गरेपनि कोहीपनि सहभागी नभएपछि स्थानीयहरु निराश बनेका हुन् ।
बुद्धसँग सम्बन्धित सबै स्थलको विकास, संरक्षण र सम्र्वद्धन गर्ने जिम्मेवारी लुम्बिनी विकास कोषको रहेपनि बेवास्ता गरेका कारण अब स्तुपको विकासका लागि रामग्राम पर्यटन विकास कोषको स्थापना हुनुपर्नेमा स्थानीयहरुले सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्