३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


बंगलादेशमा आँधीबाट मृत्यु हुनेको संख्या २४ पुग्यो


0
Shares

ढाका, जेठ ९ । बंगलादेशमा समुद्री आँधी र वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

रोआनु नाम दिइएको आँधीमा परेर मृत्यु हुनेको संख्या २४ पुगेको छ । पाँच लाख मानिसलाई सुरक्षित स्थानमा लगिसकिएको छ । धेरैजसो बन्दरगाह बन्द गरिएको छ भने देशभर विद्युत आपूर्ति बन्द भएको छ ।

पहिरोमा परि धेरै घरहरु पुरिएका छन् । आँधीको प्रभाव कम भए पनि वर्षा भने जारी छ । तल्लो तटीय क्षेत्रका २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिँदै छ ।

यता आँधीले बंगालको खाडीस्थित भारतका केही द्वीपमा पनि क्षति पु¥याएको छ । विभिन्न ठाउँमा रुख ढलेका छन् भने विद्युत् पोलसमेत ढल्दा विद्युत आपूर्ति बन्द भएको छ ।