
चितवन, जेठ ९ । माडी नगरपालिका–१२ कृष्णनगरस्थित खेतमा घाँस काटीरहेको अवस्थामा आइतबार निकुन्जबाट एक्कासी गैंडा निस्केर आक्रमण गर्दा ३ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा सोही ठाउँ बस्ने ७० वर्षीय ईन्द्रप्रसाद अधिकारी, उनकी श्रीमती ६५ वर्षीया रम्ती अधिकारी र सोही ठाउँ बस्ने २५ वर्षीया लक्ष्मी देबकोटा रहेका छन् ।
घाइते ईन्द्रप्रसाद र रम्तीलाई उपचारको लागि भरतपुरतर्फ पठाइएको र दुबैजनाको अबस्था गम्भीर रहेको जनाइएको छ । बेहोस भएकी देवकोटाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्