
काठमाडौं, जेठ ९ । गोर्खा बु्रअरीले समर्सबी नामको अल्कोहलिक जुुस नेपाली बजारमा ल्याएको छ ।
ब्रुअरीले आइतबार एक कार्यक्रमबीच ‘समर्सबी एप्पल साइडर’ को बजार प्रवेश गराएको हो ।
गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले ताजगी दिने यो पेय छिटै नै नेपाली बजारमा लोकप्रिय हुने विश्वास व्यक्त गरे ।
साढे ४ प्रतिशत अल्कोहल रहेको यो साइडर महिला एवं पुरुष दुवैका लागि उपयुक्त रहेको जनाइएको छ ।
कुनै पनि कृत्रिम स्वाद एवं रंग नमिसाइएको दाबी गरिएको यो उत्पादन युुवापुस्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्