
अष्ट्रिया, जेठ ९ । अष्ट्रियाको पश्चिमी नेनजिङ शहरमा आयोजित कन्सर्टमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ ।
घटनामा ११ जना घाईते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बन्दुकधारीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । घटना अघि २८ वर्षीय उक्त बन्दुधकारीले नजिकैको कार पार्किङमा एक महिलासँग झगडा गरेको र त्यसलगत्तै आफ्नो कारबाट राइफल निकालेर भीडमा जथाभावी गोली हानेको थियो ।
त्यसपछि पार्किङमा पुगेर उसले आफैँलाई गोली हानेको प्रहरीले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्