३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


कठोर आर्थिक सुधारका लागि संसदको स्वीकृति


0
Shares

ग्रीस, जेठ १० । युरोजोनको महत्वपूर्ण बैठकअघि ग्रीसको संसदले कठोर आर्थिक सुधारका लागि स्वीकृति प्रदान गरेको छ ।

संसदले बजेटमा कटौती र करबृद्धिसँग सम्बन्धित विधेयक पारित गरेको हो । विधेयकको पक्षमा १५३ मत खसेको थियो भने विपक्षमा १४५ सांसदले मत दिएका थिए ।

विधेयकको विरोधका लागि संसदबाहिर प्रदर्शनकारीहरु भेला भएकै समयमा संसदले यस्तो निर्णय लिएको हो ।

विधेयकमा युरोजोनका अर्थमन्त्रीहरुबाट गरिएको आग्रहअनुसार सरकारी सम्पत्तीको व्यवस्थापनका लागि नयाँ निजी कोषको प्रावधान राखिएको छ । (एजेन्सी)