१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


दार्चुलाबासीलाई अल्लोे ब्यवसायबाट मालामाल


0
Shares

दार्चुला, जेठ १० । दार्चुला जिल्लाका विभिन्न जंगलमा पाइने अल्लो बिक्न थालेपछि जिल्लाबासी हर्षित भएका छन् । जंगलमा बिना लगानी र मेहनत बिनै आफै उम्रिने अल्लोले आज भोली बजार भाउ पाउन थालेपछि जिल्लाबासी हर्षित भएका हुन् ।

जिल्लाको अधिकांश गाविसहरुको जंगलमा अल्लो पाइने गर्दछ । स्थानीय ब्यापारीहरु अल्लो खोज्दै गाँउगाँउ आउन थालेपछि यसले बजार पाएको हो । स्थानीय स्थरमै प्रति केजि एकसय रुपैयाँ भन्दा बढिमा विक्री भइरहेको स्थानीय ब्यापारी लक्ष्मण रोकायको भनाइ छ ।

अल्लोको धागो प्रशोधनबाट बिभिन्न कपडाहरु बनाउन सकिने भए पछि अहिले यसको माग बढेको उनको भनाई छ ।

अल्लोको कपडा नेपाली बजार भन्दा पनी पर्यटकहरुले मन पराउन थालेपछि ब्यावसायबाट स्थानिय र ब्यापारीले समेत रामै आम्दानी गर्न थालेका छन । यातायतको अभावका कारण भने कतिपय गाविसबाट स्थानिहरु आफै बोकेर सदरमुकाम सम्म ल्याउन बाध्य भएका छन ।