३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


त्रिशुली नदीमा जलयात्रा महोत्सव हुने


0
Shares

काठमाडौं, जेठ १० । नेपाल एसोसिएसन अफ र्‍याफ्टीङ एजेन्सीजले यही जेठ १५ गते त्रिशुली नदीमा जलयात्रा महोत्सव गर्ने भएको छ ।

एजेन्सीजले आज राजधानीमा पत्रकार सम्मेलन गरी जलयात्राको माध्यमबाट आन्तरिक पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यले २८ औं जलयात्रा महोत्सव गर्ने जानकारी दिएको हो ।

महोत्सवमा विभिन्न देशबाट आएका पर्यटक र नेपालका पर्यटन व्यवसायी गरी ७ सय सहभागि हुनेछन् ।

नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले नेपालमा साहसिक जलयात्रा सुरक्षित भएकाले जलयात्रामा सहभागि हुन सबैसँग आग्रह गरेका छन् । यसैबीच एजेन्सीजले जल पर्यटनको विकासमा लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपालमा जलपर्यटनको सम्भावना बढ्दै गएकाले यसको विकासमा लाग्न सरकारको ध्यानाकर्षण गराएको हो । उसले जलपर्यटन क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार उदासिन भएको आरोप लगाएको छ ।