
काठमाडौं, जेठ १० । नेपाल सरकारले नवीकरणीय ऊर्जा प्रविधिहरुमा दिँदै आएको अनुदान नीतिलाई परिमार्जन गरेको छ ।
यो नीतिलाई मन्त्रिपरिषदको आर्थिक तथा पूर्वाधार समितिको बैठकमा छलफलपछि स्वीकृति प्रदान गरिएको हो ।
सन् २०३० सम्म देशका सबै जनतालाई स्वच्छ, भरपर्दो र सर्वसुलभरुपमा नवीकरणीय ऊर्जा पुर्याउने लक्ष्यकासाथ नवीकरणीय ऊर्जा अनुदान नीति २०७३ आएको छ ।
साथै, यस नीतिको कार्यान्वयनमार्फत् परम्परागत् र आयातित ऊर्जामाथिको निर्भरतालाई कम गर्दै नवीकरणीय ऊर्जाको पहुचमा बृद्धि गरी विशेष गरी ग्रामीणस्तरमा थप रोजगारीका अवसरहरु सिर्जना गरी जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्य राखिएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्