
काठमाडौं, जेठ ११ । भारतको देहरादुनको भित्री पहाडी बस्तीमा आइतबार राति आएको हावाहुरीबाट जोगिन ओडारमा बास बस्न पुगेका नेपाली कामदारमध्ये १० जनाको ओडारै ढाक्नेगरी आएको पहिरोले थिच्दा घटनास्थलमै मृत्यु भएको छ ।
देहरादुनस्थित नेपाली समाजका प्रतिनिधि सूर्यविक्रम शाहीका अनुसार बाँके कोहलपुरका दीपक मगर, उनकी श्रीमती कुमारीदेवी, छोरीद्वय सरजना र तारा तथा छोरा भरतबहादुरसहित परिवारका सबैको मृत्यु भएको छ ।
यस्तै विनिता विक, उनका २२ वर्षीय छोरा जीवन ८ वर्षीय छोरा बबिन्द्रको समेत ज्यान गएको छ । यस्तै रुकुम मुसिकोटका धनबहादुर र धनकुमारीको समेत मृत्यु भएको हो ।
देहरादुनबाट झण्डै ५० किलोमिटर टाढा ट्युनी चात्रास्थित भित्री बस्तीमा आइतबार राति ११ बजे गएको उक्त पहिरोमा परी उद्धार गरिएका घाइतेमध्ये ४ जनाको दुन अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते ३ जना उपचारपछि फर्केका छन् । पुरिएकामध्ये जीवितै रहेकालाई उद्धार गरी अस्पताल पु¥याइएको थियो ।
आइतबारको यो घटनाबारे दिल्लीस्थित नेपाली दुतावास सोमबार साँझसम्म पनि बेखबर छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्