
काठमाडौं, जेठ ११ । धादिङको नौबिसे आसपास केन्द्रबिन्दु बनाएर गएराति परकम्प गएको छ । राति १२ बजेर ५४ मिनेट जाँदा ४.२ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का राजधानीमा समेत महसुश गरिएको थियो ।
केन्द्रका अनुसार गतवर्षको गोरखा भूकम्पपछि हालसम्म चार म्याग्निच्यूडमाथिका ४५५ ओटा परकम्प गइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्