काठमाडौं, जेठ ११ । ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐन विपरित यातायात व्यवसायीमाथि जरिवाना लगाउन थालेको भन्दै खारेज गर्न माग गरिएको छ ।
यातायात व्यवस्था संयुक्त आन्दोलन समितिले राजधानीमा गरेको कार्यक्रममा उनीहरुले प्रहरीले यातायात श्रमिक तथा व्यवसायीमाथि आर्थिक शोषण र गाली बेइज्जती गरेको भन्दै आलोचना गरे ।
उनीहरुले सार्क राष्ट्रमा सवारी सञ्चालन गर्न बनाएको यातायात व्यवसायी तथा मजदुर बिरोधी नीति खारेज गर्न पनि माग गरे ।
यातायात मजदुरलाई सामाजिक सुरक्षा कोष ऐन लागु गर्न पनि उनीहरुको माग छ । माग सुनुवाई नगरिए अझै कडा आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिए ।










प्रतिक्रिया दिनुहोस्