
चितवन, जेठ ११ । पश्चिम चितवनमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नारायणी नगरपालिका–१२ निवासी ३९ वर्षीया गंगा गुरुङ रहेको इलाका प्रहरी कार्यालय दिव्यनगरका प्रमुख रामकिशोर शाहले जानकारी दिए ।
शाहकाअनुसार घाँस काट्न राष्ट्रिय निकुञ्जको घाँसेमैदानमा पुगेकी गुरुङको गैंडाको आक्रमणबाट घटनास्थलमा मृत्यु भएको हो ।
गैंडाको आक्रमणबाट गुरुङको मृत्यु भएकी गुरुङको सँगै गएका साथीले खबर गरेका थिए ।
शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्