
काठमाडौं, जेठ ११ । ट्राफिक नियमविरुद्ध चक्काजाम गर्ने धम्की दिएका यातायात व्यावसायीहरुलाई सरकारले कडा कारबाहीको चेतावनी दिएको छ ।
गृह मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन र विरोधका नाममा संविधान र कानुनविपरीतका क्रियाकलाप गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघनका घटनामा लिँदै आएको जरिवाना बढाउनुकासाथै नियमलाई कडाइकासाथ लागू गर्ने निर्णय गरेकोमा यातायात व्यावसायी र यातायात मजदुर विरोधमा उत्रिएका छन् ।
उनीहरुले प्रहरी नियमविरुद्ध चक्काजामको धम्कीसमेत दिएका छन् ।
विज्ञप्ति पढ्नुहोस्ः
प्रतिक्रिया दिनुहोस्