काठमाडौं, जेठ १२ । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरदेखि शिखरसम्म पुग्ने बाटो बनाउने नौजना सहयोगी शेर्पाहरुलाई सम्मान गर्ने भएको छ ।
विगत दुई वर्षदेखि प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको विषम परिस्थितिका बीच पनि सगरमाथाको शिखरसम्म बाटो बनाउने र डोरी टाँग्ने शेर्पालाई सम्मान गर्दै नेपाल पर्वतारोहण संघको सहयोगमा प्रतिव्यक्ति नगद ५० हजार दिने भएको हो ।
आगामी २९ मेका दिन मनाइने विश्व सगरमाथा दिवसको उपलक्ष्यमा पर्यटन बोर्डमा एक कार्यक्रम गरी ती शेर्पालाई सम्मान गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव प्रेमकुमार राईले २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले चिरा पारेको स्थानमा पुगेर निकै साहसपूर्वक सगरमाथा आरोहीलाई बाटो बनाइदिने शेर्पाहरुलाई सरकारले विशेष सम्मान गर्न लागेको बताए ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाले नौजना शेर्पाले नौ दिन लगाएर सगरमाथाको आधार शिविरदेखि शिखरसम्म सजिलो बाटो बनाउने र डोरी पुर्याउने काम गरेको जानकारी दिए । –राजधानी दैनिकबाट




प्रतिक्रिया दिनुहोस्