७ असार २०८२, शनिबार | Sun Jun 22 2025


जन्ती बोकेको बस पल्टिँदा चारजना घाइते


0
Shares

मोरङ, जेठ १२ । मोरङको इटहरामा आज बिहान जन्ती बोकेको बस अनियन्त्रित भई दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

उर्लाबारी–बरडङ्गा सडकखण्डअन्तर्गत इटहरा–३ स्थित टालीभट्टामा बिहान ७ः१० बजे सिजुवाबाट झापाको जलथलतर्फ जन्ती लिएर जाँदै गरेको मे१ख १९६० नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा परी बसमा सवार चारजना घाइते भएका छन् । उनीहरुको इटहराकै चेतना हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको छ । (रासस)