Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सभामुखले स्वकीय सचिवालयका कर्मचारीको बढाए सुविधा


0
Shares

काठमाडौं, वैशाख २६ । सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन् ।

उनीहरुलाई सुरु तलब स्केलअनुसार तलबमात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर सभामुख महराले व्यवस्थापन समितिको बैठक बोलाएर आफ्नो लगायत उपसभामुख शिवमाया तुम्बाहाङफे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहालका स्वकीय सचिवालयमा रहने कर्मचारीको तलब स्केलबाहेक अतिरिक्त भत्ताको रकम राज्यकोषले बेहोर्नेगरी ५० प्रतिशत सुविधा बढाएका हुन् ।

सभामुख महराले व्यवस्थापन समितिको बैठक वैशाख १२ गते बोलाएका थिए । –नागरिक दैनिकबाट