७ असार २०८२, शनिबार | Sun Jun 22 2025


रुखमा ठोक्किएर ट्रक दुर्घटना, चारजनाको मृत्यु


0
Shares

नवलपरासी, जेठ १२ । नवलपरासीको गैंडाकोटस्थित हर्कपुर चोकमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट काठमाडौं आउँदै गरेको बा२क ११३७ नम्बरको मिनी ट्रक सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य केही घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर छ । ललितपुरको इट्टा उद्योगमा काम गर्ने मजुदर लिएर आउँदै गर्दा ट्रक दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।

ट्रकमा २१ जना सवार थिए । घाईते सबैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।