७ असार २०८२, शनिबार | Sun Jun 22 2025


ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, १७ जना घाइते


0
Shares

हरि शर्मा (इमेज)
नवलपरासी, जेठ १२ । नवलपरासीको गैंडाकोटमा बुधबार भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

सुर्खेतबाट काठमाडौं जाँदै गरेको बा२क ११३७ नम्बरको मिनीट्रक दुर्घटना हुँदा एक बालिकासहित पाँचजनाको मृत्यु भएको हो ।

जसमध्ये दुईजनाको घटनास्थलमै र तीनजनाको उपचारकाक्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

दुर्घटनामा अरु १७ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सल्यान हिउँचा–९ का ४५ वर्षीया शितली कुँवर, ३५ वर्षीया डिल्ली कुँवर र अनिता गिरीकी दुई वर्षीया छोरी छन् । दुई पुरुष मृतकको भने सनाखत हुन सकेको छैन ।

ललितपुरको इँट्टा उद्योगका लागि मजुदरहरु लिएर आउँदै गरेको मिनीट्रक सडकको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।

दुर्घटनामा पर्ने सबै सल्यानको कालिमाटी गाविस वडा नम्बर–३ र ९ तथा लक्ष्मीपुर गाविसका बासिन्दा हुन् ।

ट्रकमा २१ जना सवार रहेका थिए ।

फाइल फोटो