
यादव आचार्य (इमेज)
बर्दिया, जेठ १२ । बर्दियाका थारु समुदायले नेपालको संविधानमा हिन्दूराष्ट्र कायम गर्दै थारु समुदायको अधिकार पनि सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।
बर्दियाको भैसाहीस्थित ढुँगेश्वरनाथ शिव मन्दिरमा बुधबार आयोजित श्रीमद्भागवत महायज्ञको कलशयात्रामा सहभागी थारु समुदायले यस्तो माग गरेका हुन् ।
थारु समुदाय आदिकालदेखि हिन्दू भएकाले श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको उनीहरुले बताएका छन् ।
स्थानीयहरुले मुठीदान दिएर महायज्ञ आयोजना गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्