
कालीकोट, जेठ १२ । कालीकोटको सिपखाना गाविसमा एक बृद्धको मृत्यु भएको छ ।
बुधबार बिहान घरबाट शौचालय जानेक्रममा सिपखाना गाविस–४ राहुलवाडा निवासी ६० वर्षीय पूर्णबहादुर शाहीको मृत्यु भएको हो ।
स्थानीय देवनाथ योगीकाअनुसार बिहानको समयमा घरबाहिर शौचालय जाँदा बृद्धको मृत अवस्थामा शव भेटिएको थियो ।
चट्याङको आवाज आएका कारण चट्याङबाट मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृतक शाही स्थानीय वन उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्