
पाँचथर, जेठ १२ । पाँचथरमा जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी परेका छन् ।
बिरामी हुनेमा आङना–१ का पदममाया माङलाक, उनका छोरा रामप्रसाद, छोरीहरु कविता, मनुषा र सोनी रहेका छन् । उनीहरु सबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
पदममाया मालाङकले जंगलबाट ल्याएको च्याउ खाएर सुतेका उनीहरु बिरामी परेका हुन् ।
उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्