
काठमाडौं, जेठ १३ । लोकतान्त्रिक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन आजदेखि २५ औं बर्षमा प्रवेश गरेको छ । युनियनले आजदेखि रजत बर्षका रुपमा देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको छ ।
‘नेपाल प्रेस युनियनको अभियान, भौतिक र पेसागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने मुल नारासहित देशैभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । युनियन केन्द्रीय समितिले आजै साँझ पुरानोबानेश्वरमा विशेष समारोहको आयोजना गर्दैछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आथित्यमा केन्द्रीय समितिले युनियनका संस्थापकहरुलाई सम्मान गर्दैछ । त्यसबाहेक देशभरका युनियन शाखाहरुले विविध कार्यक्रमहरुको आयोजना गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्