
काठमाडौं, जेठ १३ । ट्राफिक जरिवाना बढाएको विरोधमा यातायात व्यवसायी र मजदूरहरुले गरेको चक्काजामका क्रममा केही सवारी साधनमाथि तोडफोड भएको छ ।
यसैबीच जबरजस्ती यातायात बन्द गराउने र तोडफोडमा संलग्न हुने १ सय ५७ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको गौशाला, बालाजु र ललितपुरका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यातायात बन्द गराउन हिँडेकाहरुले राजधानीको सुकेधारामा बा १ ज १५९९ नम्बरको ट्याक्सी, टेकुमा ना. १ ज ८४१३ नम्बरको टाटासुमो र टेकुमा बा २ ज २००० नम्बरको ट्याक्सी तोडफोड गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्