८ असार २०८२, आइतबार | Sun Jun 22 2025


मुक्त कमैंयाले के भने प्रधानमन्त्रीलाई ?


0
Shares

काठमाडौं, जेठ १३ । आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्न माग गर्दै मुक्त कमैयाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मुक्त कमैयाहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले राज्यले आफूहरुलाई सौतेनी व्यवहार गरेको आरोप लगाए । मुक्त कमैया पुनःस्र्थापनाका लागि सरकारबाट विनियोजित बजेट कार्यान्वयन नभए र आफूहरुका मागको सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

मुक्त कमैयाहरुले बुझाएको ज्ञापनपत्र लिँदै प्रधानमन्त्री ओलीले माग सम्बोधन गर्ने आश्वासन दिए ।