
काठमाडौं, वैशाख २५ । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रियाकाक्रममा गलत रगत दिएका कारण ज्यान गुमाएकी पाँच वर्षीया बालिका आकृति साहका आफन्तले स्वास्थ्य मन्त्रालय पुगेर न्याय मागेका छन् ।
मुद्दा दर्ता गराउन गएका उनीहरुले स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई भेटेर आफ्ना कुरा सुनाएका हुन् ।
राज्यमन्त्री यादवले शल्यक्रियाकाक्रममा कहिले–काँही यस्तो हुने भन्दै समिति बनाएर छानबिन गर्ने जवाफ दिएको आकृतिका आफन्त सुरेन्द्र साहले बताए ।
मंगलबार मेडिकल काउन्सिलमा मुद्दा दर्ता गराएका उनीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गरेका छन् ।
मेडिकल काउन्सिका रजिस्टार डा. दिलीप शर्माले अस्पतालबाट सबै कागजात मगाएको र काउन्सिलले छानबिन समिति गठन गर्ने बताए ।
यही वैशाख १७ गते मुटुको शल्यक्रिया गरिएकी आकृतिलाई गलत रक्त समूहको रगत दिएका कारण मृत्यु भएको खुलासा भएको हो ।
‘ओ’ पोजेटिभ रगत दिनुपर्नेमा ‘ए’ पोजेटिभ रगत दिइएको र गलत रगतका कारण ‘किड्नी फेल’ भएर आकृतिको मृत्यु भएको थियो ।
यो पनि पढ्नोस्
प्रतिक्रिया दिनुहोस्