
धनकुटा, जेठ १३ । कोसी राजमार्गअन्तर्गत् धनकुटामा विहीबार भएको भ्यान दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अरु ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भ्यानका चालक चुसे मगर हुन् ।
धनकुटाको मुलघाटबाट धरान गइरहेको को१च ४६७३ नम्बरको मारुती भ्यान भेडेटारमा दुर्घटना भएको हो ।
उकालो सडकमा अनियन्त्रित हुँदा भ्यान सडकभन्दा करिब ३० मिटर तल खसेको ट्राफिक प्रहरी धनकुटाका असइ सुरेन्द्र खड्काले जानकारी दिए ।
घाइतेहरुको धनकुटामा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्