८ असार २०८२, आइतबार | Sun Jun 22 2025


जीवनभर मानवअधिकारको लागि संघर्ष गरें, यसप्रति प्रतिबद्ध छु : प्रधानमन्त्री


0
Shares

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मानवअधिकार सुनिश्चित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

विहीबार ललितपुरमा राष्ट्रिय मानवअधिकार आयोगले १७औं स्थापना दिवसको अवसरमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले जीवनभर मानवअधिकारको लागि संघर्ष गरेको र यसप्रति प्रतिबद्ध रहेको बताए ।

नयाँ संविधानले हरेक क्षेत्रका जनताको मानवअधिकारलाई सुनिश्चित गरेको भन्दै उनले यसलाई कार्यान्वयन गर्दै अघि बढ्दा सबैले यसको प्रत्याभूति गर्न पाउने बताए ।

आन्दोलनरत् राजनीतिक दल र समूहलाई वार्तामा सहभागी हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्था छिट्टै सामान्य हुने दाबी गरे ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार हनन्का घटनामा दोषी देखिएकाहरुलाई कारबाही गर्न आयोगले गरेका सिफारिसहरुलाई कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे ।

उनले अहिले पनि मुलुकको मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको बताए ।