
विराटनगर, जेठ १३ । जिल्ला प्रशासन कार्यालय मोरङले आफूहरु बसोबास गर्दै आएको जग्गा खाली गर्न सूचना जारी गरेपछि मोरङका सुकुम्बासी तथा ‘अव्यवस्थित बसोबासी’हरु आन्दोलित भएका छन् ।
३७ वर्षअघिदेखि आफूले बसोबास गर्दै आएको जग्गामा अर्कैले पूर्जा निकाली जग्गा खाली गराउन ३५ दिने सूचना जारी गरेको भन्दै विहीबार वयरवन, हसन्दह र पथरी–शनिश्चरे नगरपालिकामा दोहोरो स्वामित्वको जग्गामा बसोबास गर्ने सुकुम्बासीहरु आन्दोलित भएका हुन् ।
उनीहरुले विहीबार मोरङको पथरी–शनिश्चरेमा विरोधसभाको आयोजना गर्दै जग्गा खाली नगर्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्