
काठमाडौं, जेठ १४ । उद्योगपति एवं केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियाको अपहरणप्रति नेपाली कांग्रेसले निन्दा व्यक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा शुक्रबार एक विज्ञप्ति जारी गरी बिहीबार बेलुका अज्ञात समूहले गरेको अपहरण र उनको चालकलाई गरेको आक्रमणको घटनाप्रति दुुःख व्यक्त गरेको हो ।
‘कुनैपनि नागरिकको अपहरण हुनु अत्यन्त दुःखद र संवेदनशील विषय भएको र यस्ता आपराधिक क्रियाकलापको नेपाली कांग्रेसले सधैं घोर निन्दा र भत्र्सना गर्दछ’–विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले शान्ति सुव्यवस्थालाई खल्बल्याई आम नागरिकमा डर र त्रासको वातावरण सिर्जना गर्न खोज्ने यस्ता आपराधिक समूह, व्यक्तिको तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही तथा यस्ता घटना पुनः नदोहोरिने वातावरण बनाउन सरकारसँग मागसमेत गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्