
धनकुटा, जेठ १४ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टले सूचनाको हक प्रयोग गरेर खोजमूलक समाचारमार्फत् समाज परिवर्तनमा अझ बढी भूमिका निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
धनकुटाको भेडेटारमा शुक्रबार सूचनाको हक र खोज पत्रकारितासम्बन्धी तालिमको उद्घाटन गर्दै अध्यक्ष बिष्टले समाजमा भएका विकृति, विसंगति, भ्रष्टाचारलगायत नकारात्मक पक्षलाई न्यूनीकरणका लागि पत्रकारहरुलाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।
नेपाल पत्रकार महासंघको आयोजनामा सुरु भएको चारदिने तालिममा पूर्वाञ्चलका ११ जिल्लाका पत्रकारहरु सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्