
नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दू नगरपालिका–२ नन्दपुरमा पालिएका कुखुरामा बर्डफ्लुको संक्रमण भेटिएको छ ।
स्थानीय जातका कुखुरामा बर्डफ्लु भेटिएपछि बस्तीलाई संकट क्षेत्र घोषणा गरेर केही कुखुरा नष्ट गरिएको छ ।
स्थानीय पिताम्बर महतोले पालेका लोकल कुखुरामा बर्डफ्लु देखिएको हो ।
महतोले पालेका १ सय ५० वटा कुखुरामध्ये ७५ प्रतिशतभन्दा बढी मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लुको संक्रमण भएको भेटिएको मध्यविन्दु नगरपालिका पशु विकास शाखाका प्रमुख डा. श्यामकृष्ण तिवारीले जानकारी दिए ।
बर्डफ्लु भेटिएपछि मन्त्रीस्तरको निर्णयअनुसार कुखुरा र पंक्षीजन्य वस्तुलाई नष्ट गरिएको हो ।
रोग नियन्त्रण गर्न भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दमौलीमा कन्ट्रोल रुम स्थापना गरिएको थियो ।
कन्ट्रोल रुमसहित पशु रोग अन्वेषण प्रयोगशाला पोखरा, गण्डकी प्रदेश भूमीव्यवस्था कृषि तथा सहकारी मन्त्रालय र जिल्ला स्तरिय बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिले रोग नियन्त्रणमा ल्याएको तिवारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्