८ असार २०८२, आइतबार | Sun Jun 22 2025


सिहंदरबार कस्तो बनाउने भन्ने विषयमै विवाद


0
Shares

काठमाडौं, जेठ १४  । भूकम्पबाट क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूल भवन भत्काएरै बनाउने वा बलियो हुने गरी पुनर्निर्माण गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।

पुरातत्व विभाग एक सय वर्ष नाघेको पुरातात्विक महत्वको सिंहदरबार केही बढी खर्च लागे पनि नभत्काई हालकै अवस्थामा मजबुत बनाउनुपर्छ भन्नेमा छ भने सिंहदरबार पुनर्निर्माण आयोजना भूकम्पले सारै कमजोर बनाएको यो भवन नभत्काइ बनाउन नसकिने अडानमा छ । पुनःनिर्माणकका  क्रममा यी दुई प्रकारका कार्य विधि प्रस्तुत भइरहेका छन् ।

पुरातत्व विभागका डिभिजन इन्जिनियर सम्पत घिमिरे सिंहदरबारको पश्चिमतर्फको मूल भवन नभत्काइ बलियो बनाउन सकिने राय आफूबाट प्रस्तुत भएको तर आयोजनाले पूरै भवन नभत्काइ नहुने राय राखेको बताउछन् ।

सिंहदरबार पुनर्निर्माण आयोजना प्रमुख तथा सहरी विकास विभागका सहसचिव पदम मैनालीले भने भूकम्पले निकै क्ष्ँति भएको सिंहदरबारको ईट्टा गारो सवै अति कमजोर भएका कारण नभत्काइ पुनर्निर्माण हुने अवस्था छैन ।’ तर भवन भत्काउने वा पूनः निर्माणका लागि नभत्काई बलियो प्रकारले बनाउन सकिने प्रविधि अपनाउने भन्ने विषयमा दुवै निकाय सरकारको उच्च तहमा हुने निर्णयको प्रतिक्षामा देखिएको छन् । -गोरखा पत्र दैनिकबाट