८ असार २०८२, आइतबार | Sun Jun 22 2025


होटलमा ‘आन्टीलाई भेट्न’ भनी आएका पाँचजना बालबालिकाको उद्धार


0
Shares

कञ्चनपुर, जेठ १५ । कञ्चनपुरको एक होटेलबाट ५ जना बालिकाको उद्धार गरिएको छ । महेन्द्रनगरको बस पार्कनजिक रहेको त्रिशुली होटेलबाट शुक्रबार राती ९ बजे पाँच जनाबालिका लाई उद्धार गरिएको हो ।

कैलालीको लम्कीबाट ‘आन्टी लाई भेट्न’ भनी आएका पाँच जना बालबालिका लाई शुक्रवार राती ९ बजे अधिरकारकर्मी शारदा चन्दको सहयोगमा उद्धार गरिएको हो ।

बालबालिकाले आन्टीलाई भेट्न आएको भनेपनि उनीहरुलाई आन्टीको नाम ठेगाना थाहा नभएपछि बेच्नका लागि पश्चिमी नाका गड्डाचौकी हुँदै भारत तिर लिन लागिएको आशंका गरिएको छ ।

बालबालिकाहरु गाडीको सहचालकसंग आएका थिए । अहिले उक्त वालिकाहरु माईती नेपाल कञ्चनपुरमा राखिएका छन भने सो घटनाको वारेमा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरीले जानकारी गराएको छ ।