
काठमाडौं, जेठ १५ । राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा सरिक भएकी छिन् ।
गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको समारोहमा उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेता, विशिष्ट व्यक्तिहरु, कुटनीतिक नियोगका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
यसैबीच, गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा असल चालचलन भई कैदको सजायँ छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीलाई माफी दिएकी छिन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २७६ बमोजिम आठ सय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजायँ माफी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्