
काठमाडौं, जेठ १५ । ‘मेलमिलापका माध्यमबाट शान्ति तथा न्याय’ विषयक राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ ।
द एसिया फाउन्डेसनको आयोजनामा शनिबारदेखि भएको दुईदिने सम्मेलनमा मेलमिलापकर्ता, न्यायाधीश तथा संवाद सहजकर्ता सहभागी छन् ।
कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगका प्रमुख सूर्यकिरण गुरुङले आयोगमा हालसम्म ११ हजार उजुरी परेको भन्दै न्याय सम्पादनका लागि विभिन्न जिल्लामा प्रतिनिधिहरु पठाइसकेको जानकारी दिए ।
उनले जिल्लामा प्रत्यक्षरुपमा पीडितहरुसँगको सम्पर्कले न्याय सम्पादन फलदायी हुने.विश्वास व्यक्त गरे ।
गुरुङले पीडकहरुले कुनैपनि हालतमा उन्मुक्ति नपाउने स्पस्ट पारे ।
सम्मेलनका सहभागीहरुले मेलमिलाप कार्यक्रम, क्षेत्रीय संवाद तथा पुनस्र्थापकीय न्यायको प्रयासले द्वन्द्व समाधान र रुपान्तणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
फाउन्डेसनले हालसम्म ७ हजारभन्दा बढी मेलमिलापकर्तालाई तालिम दिइसकेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्