८ असार २०८२, आइतबार | Sun Jun 22 2025


मदन भण्डारीलाई मरणोपरान्त ‘नेपालरत्न’, क–कसले के–के पाए मानपदवी, पदक ?


0
Shares

काठमाडौं, जेठ १५ । गणतन्त्र दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रका महानुभावलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरिएको छ ।

गृह मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा मानपदवी पाउने महानुभावमा जननेता मदनकुमार भण्डारीलाई मरणोपरान्त ‘नेपालरत्न’ मानपदवी दिइएको छ ।

त्यस्तै, सुशील कोइरालालाई मरणोपरान्त र तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ‘राष्ट्रगौरव’ मानपदवी घोषणा गरिएको छ ।

‘महाउज्ज्वल र्कीितमय राष्ट्रद्वीप’ मानपदवी पाउनेमा सूर्यबहादुर थापा, नरबहादुर कर्माचार्य, निर्मल लामा, र पोष्टबहादुर बोगटी (मरणोपरान्त) तथा रामहरि जोशी एवं ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ मानपदवी पाउनेमा डा. युवराज खतिवडा, वर्षमान पुन, जनार्दन शर्मा, वैद्यनाथ उपाध्याय र भानुप्रसाद आचार्य छन् ।

त्यस्तै ‘सुर्कीितमय राष्ट्रद्वीप’ मानपदवीबाट डा. सोमलाल सुवेदी, राजेन्द्र क्षेत्री, लोकदर्शन रेग्मी, उपेन्द्रकान्त अर्याल, दुर्जुकुमार राई, दिलीपराज रेग्मीलाई विभूषित गर्ने घोषणा गरिएको छ ।

सुप्रवल जनसेवाश्री मानपदवी ८३, प्रबल जनसेवाश्री मानपदवी १३५ र जनसेवाश्री मानपदवी ५१ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ ।

प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिको उद्धार एवं प्रकोपको जोखिम न्यूनीकरण गर्ने कार्यमा प्रशंसनीयरुपमा योगदान गर्ने वा सहयोग गर्ने ५६ हजार दुई सय ७९ जनालाई विभूषण ऐन,२०६४ को दफा ५ अनुरुप ‘प्राकृतिक प्रकोप पीडितोद्धार पदद’, १८औं सार्क शिखर सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान दिने २५ हजार एक सय २२ जनालाई प्रशंसास्वरुप कदरपत्र प्रदान गर्ने र विमानचालक क्याप्टेन दिनेश न्यौपाने र सहचालक सन्तोष रानालाई मरणोपरान्त ‘वीरता पदक’ प्रदान गर्ने निर्णय गरिएको छ ।

‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभूषित हुनेमा श्रीकान्त पौडेल, शंकर थापा, वीरेन्द्रबाबु श्रेष्ठ, प्रकाश ओझा, गणेशप्रसाद अधिकारी, भेषराज अधिकारी, कृष्णहरि पुस्कर, रामकृष्ण सुवेदी, विजयनारायण मानन्धर, रवि शाह, अच्युत विष्ट, नवराज सिलवाल, सर्वेन्द्र खनाल र स्वामी अरुण आनन्द छन् ।

सो पदकबाट विभूषित हुनेमा मुटुरोग विशेष डा. अरुण सायमी, वरिष्ठ चिकित्सक डा. अशोक बाँस्कोटा र शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा दिव्यासिंह शाह छन् ।

समाजसेवी आनी छोइङ डोल्मा र भैरव रिसालले पनि यो पदक पाएका छन् ।

पत्रकार कृष्ण सेन ‘इच्छुक’ले (मरणोपरान्त) सो पदक पाएका छन् ।

चन्द्रप्रसाद बलदेव, आङ्छिरिङ शेर्पा, उद्योगपति पशुपति मुरारका तथा डा. राजेशकाजी श्रेष्ठले पनि सो पदक पाएका छन् ।

‘प्रबल जनसेवाश्री’ पदक पाउनेमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणा, प्रहरी उपरीक्षक किरण बज्राचार्य, सशस्त्र प्रहरी नायब उपरीक्षक अजयकुमार छत्कुली छन् ।

त्यस्तै, यो पदक पाउने पत्रकारमा डा. महेन्द्र विष्ट, नारायण शर्मा र नरेन्द्रजंग पिटर छन् ।

यो पदक पाउने कलाकारमा रेखा थापा, सिताराम कट्टेल, कुन्जना घिमिरे, दयाराम दाहाल र विल्सनविक्रम राई छन् ।

साहित्यकार घनश्याम ढकाल (मरणोपरान्त), समाजसेवी गोपालनाथ योगी, सामाजिक कार्यकर्ता गणेशमान सैंजु तथा साहित्यकार तीर्थ श्रेष्ठले पनि सो पदक पाएका छन् ।

त्यस्तै, नवयुग श्रेष्ठ, नीता घर्तीमगर, मीरा राई, सुस्मिता मास्के, आशाकुमारी सिंह, शैली बस्नेत र चुनु श्रेष्ठले पनि सो पदक पाएका छन् ।

‘जनसेवाश्री’ पाउनेमा पर्वतारोही सञ्जय पण्डित, पौडी खेलाडी गौरिका सिंह, पत्रकार पन्नालाल गुप्ता, मोहन मानन्धर, दीपेन्द्र वान्तवा, गौतम श्रेष्ठ र टीकाराम राई छन् ।

‘नेपालप्रताप भूषण’ पाउनेमा वरिष्ठ प्रहरी अधिकृत प्रवीण पोखरेल छन् ।

यस्तै ‘वीरता’ पदक मरणोपरान्त लक्ष्मण न्यौपानेलाई दिइएको छ ।

मरणोपरान्त यो पदक पाउने अन्य विदेशी नागरिकमा क्रिस नोरगेन, डस्टिन लुकाजिजियरज, वार्ड जोन्सन, एरिक सिमान, सारा मडिना, ज्याकोब हब तथा सिन बार्टोन छन् । रासस