
फाइल तस्विर
जुम्ला, जेठ १५ । जुम्लामा लोपोन्मुख हिमाली कालो भालु भेटिएको छ ।
जिल्लाको सिंजा पान्डपगुफा गाविस वडा नम्बर–१ रानीसैन जंगलमा स्थानीयले कालो भालुको बच्चा फेलापारेका हुन् ।
कालो भालुको बच्चा साढे दुई महिनाको हुनसक्ने अनुमान गरिएको छ ।
भालुको बच्चा जाउलाखेलस्थित चिडियाखानामा पठाउने तयारी भइरहेको वन कार्यालय जुम्लाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्