८ असार २०८२, आइतबार | Sun Jun 22 2025


इँटाको चाङ खसेर दुई कामदारको मृत्यु, एक महिला घाइते


0
Shares

गोलबजार (सिरहा), जेठ १६ । सिरहाको गोलबजार नपा–६ स्थित सागर इँटा उद्योगमा आज बिहान वाल (इँटाको चाङ) खसेर एक महिलासहित दुई भारतीय कामदारको मृत्यु भएको छ भने एक महिला कामदार घाइते भएकी छन् ।

भारत बङ्गालकी ३५ वर्षीया अलिना खातुन र सोही ठाउँका ६० वर्षीय असरफ अलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिए। उनका अनुसार भारत बङ्गालकै ३५ वर्षीया राहिल्या खातुन गम्भीर घाइते भएकी छन् ।

गम्भीर घाइते राहिल्याको उपचार गोलबजारस्थित भुमिजा अस्पतालमा भइरहेको छ । मृतक खातुन र अलीको गोलबजारमा उपचार सम्भव नभएपछि थप उपचारका लागि लहान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिए ।

मृतक खातुन र अलीको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । रासस