
ललितपुर, जेठ १६ । ललितपुरको सानेपामा हिजो दिउँसो भएको दुर्घटनामा एक युवतीको मृत्यु भएकोमा दुर्घटनामा संलग्न माइक्रो बसका चालकले ब्याक गरी किचेको आशंका गरिएको छ ।
हिजो दिउँसो बा१ज ९९३३ नम्बरको माइक्रो बसले बा३०प ९८१७ नम्बरको मोटर साइकललाई ठक्कर दिंदा मोटर साइकलको पछाडि बसेकी प्यूठान नगरपालिका–१५ की २४ बर्षीया अनिता थापाको मृत्यु भएको थियो ।
मोटर साइकलका चालक ध्रुब कार्कीले माइक्रो बसको ठक्करले आफूले चलाएको मोटरसाइकल ढलेको र सडकमा पछारिएकी अनितालाई माइक्रोले ब्याक गरी किचेको दाबी गरेका छन् ।
अनिताका आफन्तहरुले माइक्रो बसले मार्ने नियतले नै ब्याक गरेर किचेको भन्दै माइक्रोका चालकलाई ज्यान सम्बन्धि कसुरमा कारबाही गर्न माग गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान भईरहेको बताएको छ ।
माइक्रो बसका चालक अहिले प्रहरी हिरासतमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्