Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


एउटै गाउँका तीन बालक १३ दिनदेखि बेपत्ता


0
Shares

खोटाङ, जेठ १६ । एउटै गाउँका तीन बालक तेह्र दिनदेखि बेपत्ता भएका छन् ।

दिक्तेल नगरपालिका–५ का १२ वर्षीय सनम राई, ११ वर्षीय प्रज्वल राई र १५ वर्षीय रमण राई गत जेठ ४ गतेबाट बेपत्ता भएका हुन् ।

बालकहरु एकैसाथ बेपत्ता भएपछि आफन्त चिन्तित बनेका छन् । जेठ ४ गते बिहान घरबाट दिक्तेलबजार जान्छु भन्दै हिँडेका तीन बालक हालसम्म फेला नपरेपछि आफन्त चिन्तित बनेका हुन् ।

सनम सरस्वती उच्च माविमा कक्षा ८, प्रज्वल हिमालय निमाविमा कक्षा ४ र रमण कक्षा ७ मा अध्ययनरत रहेका शिक्षिका सङ्गीता राईले जानकारी दिइन् ।

बेपत्ता बालक हालसम्म फेला नपरेपछि खोजीका लागि आइतबार आफन्तले प्रहरी र जिल्ला बालकल्याण समितिमा हुलिया दिएका छन् । हुलियाको आधारमा खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । (रासस)