Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


टिपरको ठक्करबाट ठेला चालकको मृत्यु


0
Shares

मोरङ, जेठ १७ । मोरङको उर्लाबारी–४ स्थित पूर्वपश्चिम राजमार्गमा टिपरको ठक्करबाट आज बिहान एक ठेला चालकको मृत्यु भएको छ ।

गएराति १०ः३० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ख २२०० नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका उर्लाबारी– ३ का ४० वर्षीय ठेला चालक कृष्ण मण्डलको उपचारका क्रममा आज बिहान २ः३० बजे मृत्यु भएको हो ।

मण्डलको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए ।

ठक्कर दिने टिपर र त्यसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)