Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


असक्त युवाको सशक्त प्रतिभा, कहिल्यै नहार्ने संकल्प(भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं, जेठ १७ । प्रकृतीले सबै मानिसलाई समान रुपमा जन्म दिदैंन । शारीरिक रुपमा सबै मानिस सबल र सक्षम भएर जन्मन सक्दैनन् । तर उनीहरुको अदभूत क्षमताले भने सबैलाई आश्चर्यचकित बनाइदिन्छ । मकवानपुर, खानीगाउँमा जन्मिएका अपाङ्ग अमिर बम्जन यस्तै अतभूत क्षमता भएका युवा हुन् ।

अमिर हिड्न सक्दैनन् । हातले राम्रो काम गर्दैन् । व्हिलचियरमा गुड्न पनि समस्या पर्छ । उनलाई दुई पांग्रे ठेलागाडामा हिडडुल गराउनु पर्ने बाध्यता छ । तर अमिर गीत गाउन मात्र होइन चित्र कोर्न पनि सिपालु छन् । साहित्य सिर्जना उनको सौख हो ।

अमिरको दैनिक जीवनमा केन्द्रीत रहेर इमेज च्यानलको ‘रुपान्तरण’कार्यक्रमले एउटा कार्यक्रम तयार पारेको छ । उनले दुःख नै आफ्नो संघर्ष भएको र जिन्दगीदेखि कहिल्यै नहारेको बताएका छन् । उनले भने,‘शारीरिक रुपमा असक्त भएपनि दुःख र संघर्ष गर्नेलाई भगवानले पनि साथ दिदाँ रहेछन् भन्ने लागेर अघि बढीरहेको छु ।’