Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


पहिरोले बगाएको एकबर्ष वित्यो बाटो बनेन्, यात्रा जोखिमपूर्ण


0
Shares

ताप्लेजुङ, जेठ १७ । ताप्लेजुङको पश्चिमी गाविस सान्थाक्रा, खाम्लुङ, लिङ्तेप, खोक्लिङ, लिवाङ र थिङ्लाबु जाने मुख्य बाटो गत बर्षको पहिरोले बगाएको एक वर्ष बिति सक्दा पनि निर्माण हुन नसकेपछि स्थानीयबासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

बाटो निर्माणका लागि बारम्बार सरकारी निकायको ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको स्थानीयको गुनासो छ ।

बाढी र  पहिरोले भत्काएको बाटोमा स्थानीयले काठको भर्‍याङ लगाएर प्रयोग गरिरहेका छन् । साँघुरो बाटोमा लगाइएको भर्‍याङ समेत मक्किइ सकेकाले यात्रा अत्यन्त जोखिमपूर्ण बनेको स्थानीयको भनाई छ ।