काठमाडौं, जेठ १७ । संसद्को वातावरण संरक्षण समितिका सांसदहरुले विज्ञान तथा प्रविधि मन्त्रालयका लागि छुट्याइएको बजेट अत्यन्तै न्युन भएको भन्दै अर्थमन्त्रीको आलोचना गरेका छन् ।
सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकमा सांसदहरुले विज्ञान तथा प्रविधिले विश्वलाई जोड्दै काम गहिररहे पनि सरकारले त्यसको महत्व बुझ्न नसकेको आरोप लगाए ।
उनीहरुले विज्ञान तथा प्रविधिको विकासका लागि ठूलो लगानी आवश्यक भएको जिकीर गर्दै सरकारलाई निर्देशन दिन माग गरे ।
छलफलमा विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले मन्त्रालयले गरेका सिफारिस बजेटमा नपरेको र विज्ञान तथा प्रविधिका विषयमा उच्च तहमा सकारात्मक धारणा बनाउनै समस्या परेको गुनासो गरे ।










प्रतिक्रिया दिनुहोस्