काठमाडौं, जेठ १७ । यसै शैक्षिकसत्रदेखि नेपालमा अस्ट्रेलियाद्वारा मान्यताप्राप्त कुलिनरी एकेडेमी (कलेज) सन्चालनमा आउने भएको छ ।
करिब दुई दशकदेखि अस्ट्रेलियामा बस्दै आएका गैरनेपाली संघ अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीले राजधानीको मैतीदेवीमा ‘प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी’ खोल्न लागेका हुन् ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा कलेजका सन्चालकसमेत रहेका केसीले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त शिक्षा दिने तथा स्वदेशमै उत्कृष्ट सेफ उत्पादन गर्ने उद्देश्यले उक्त कलेज स्थापना गर्न लागेकोे बताए ।
९ महिने कोर्षमा कलेजले सैद्धान्तिकभन्दा प्रयोगात्मक ज्ञान दिने बताइयो । विद्यार्थीले ६ महिना सैद्धान्तिक ज्ञान र प्रयोगात्मक शिक्षा सँगसँगै सिक्ने र थप तीन महिना अस्ट्रेलिया, दुबई, मकाउ, मलेसियालगायत देशमा रहेका स्तरीय होटलमा प्रयोगात्मक शिक्षाका लागि कलेजले व्यवस्था मिलाउने छ ।
कलेजले अस्ट्रेलिया र नेपालका लोकप्रिय सेफहरुबाट प्रत्येक हप्ता कक्षा सन्चालन गर्नेछ ।
पढाइ पूरा भएपछि बेरोजगार बस्नु नपर्ने कलेजको दाबी छ । रासस





प्रतिक्रिया दिनुहोस्