९ असार २०८२, सोमबार | Mon Jun 23 2025


हरेक जिल्लालाई छुवाछुतमुक्त जिल्ला बनाउन पहल गर्छौं : सन्चारमन्त्री


0
Shares

धादिङ, जेठ २१ । सन्चारमन्त्री शेरधन राईले समाजमा रहेका भेदभावलाई मुलुकबाटै हटाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

जातीय छुवाछुत तथा भेदभावमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा शुक्रबार धादिङबेसीमा आयोजित आमसभामा उनले ऐन, कानुनहरुलाई कार्यान्वयन गर्दै हरेक जिल्लालाई छुवाछुतमुक्त जिल्ला बनाउन पहल गर्ने बताए ।

सरकारले जेठ १५ गते ल्याएको बजेटले राष्ट्रव्यापीरुपमा तरंग पैदा गरेको मन्त्री राइको भनाइ थियो ।