
पर्वत, जेठ २२ । दक्षिण पर्वतको भोर्ले गाविसमा विषालु च्याउ खाँदा एक बृद्धको मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याऊ पकाएर खाँदा भोर्ले –४ हिले का ६५ वर्षिय बृद्ध देउबहादुर थापाको शुक्रबार राती १० बजे मृत्यु भएको हो ।
घरमा खाना खाएको केहि वेरपछि बिरामी परे लगत्तै उनको ज्यान गएको हो । त्यस्तै उनकि १८ बर्षीया छोरी लक्ष्मी थापा, १५ वर्षीय प्रतिमा थापा, १४ वर्षकी ललिता थापा र ३५ वर्षिया वुहारी कोपिला थापा गम्भीर विरामी परेका छन् ।
उनिहरुको उपचारका लागि स्याङ्जाको वालिङतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनिहरुलाई शुक्रबार रातीनै उपचारका लागि वालिङतर्फ पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस्