
चितवन, जेठ २२ जे । चिवतनको भरतपुरस्थित शिवघाट नजिकै नारायणी नदीमा नुहाउन गएका किरियापुत्रीको नदीमा डुबेर मृत्यु भएको छ ।
नारायणी नदीमा नुहाउन गएका भरतपुर १६ मंगलपुरका ६५ वर्षीय अम्बिका दराईको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यही जेठ २० गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दराईको शव शुक्रबार भेटिएको हो । घटनास्थलबाट करिब १०० मिटर तल काभ्रेघाट भन्ने स्थानमा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्